संघीय राजनीति

सुधन गुरुङ फेरि गृहमन्त्री वन्दै

स्रोतका अनुसार गुरुङको शपथग्रहणका लागि आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको छ

२०८३ जेठ २६101 views
Share
सुधन गुरुङ फेरि गृहमन्त्री वन्दै

काठमाडौं,बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । सम्पत्ति विवादपछि राजीनामा दिएका गुरुङलाई छानबिन समितिले सफाइ दिएपछि पुनःगृह मन्त्रालयमा फर्काउन लागिएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको शपथग्रहणका लागि आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको छ। सबै प्रक्रिया अघि बढिसकेको र आजै शपथ हुने तयारी रहेको बताइएको छ।

यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विषयमा विवाद बढेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि उठेका आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो।

छानबिन समितिले गुरुङमाथिका आरोप पुष्टि हुने आधार नभेटिएको भन्दै क्लिन चिट दिएपछि उनलाई पुनः गृह मन्त्रालयमा फर्काउने बाटो खुलेको हो।

गुरुङको पुनरागमनसँगै बालेन सरकारको गृह नेतृत्व फेरि चर्चाको केन्द्रमा आएको छ। विवादपछि राजीनामा, छानबिन, सफाइ र पुनः नियुक्तिको यो राजनीतिक घटनाक्रमले सत्ता वृत्तमा नयाँ तरंग ल्याएको छ।