संघीय राजनीति

पूर्वमन्त्री दीपक खड्का पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो

२०८२ चैत्र १५369 views
Share
पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ,पूर्वमन्त्री नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनी पक्राउ परेका हुन् । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बुढानिलकण्ठस्थित उनको घरमा रकम भेटिएको थियो ।