बालिका बलात्कार कसुरमा बोगटी पक्राउ
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का ५१ वर्षीय धनबहादुर बोगटी छन्
२०८३ जेठ १८375 views
Share

सिन्धुली,बालिका बलात्कार कसुरमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का ५१ वर्षीय धनबहादुर बोगटी छन् । उनलाई कमलामाई–८ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनले ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । उनीविरुद्ध ६ पुस २०८२ मा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो । पक्राउ परेका बोगटीविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ ।