श्रीकृष्ण विक हिरासतमा कसरी मरे
विकले खोटाङ जिल्लावाट एक युवतीलाई केही दिन भगाएर ल्याएका थिए
२०८३ बैशाख ८462 views
Share

सिन्धुली,सुनकोशी गाँउपालीका ३ जुम्लिङडाँडाका श्रीकृष्ण विकको ईलाका प्रहरी कार्यालय खुर्कोट हिरासतमा मृत्यु भएको छ । उनकालागी न्यायिक हिरासत अन्यायी भएको छ । विकले खोटाङ जिल्लावाट एक युवतीलाई केही दिन भगाएर ल्याएका थिए । श्रीकृष्णलाई केटी पक्षले प्रहरीमा जर्वजस्ती करणी वलात्कारको मुद्वा दर्ता गराएका थिए । प्रहरीले नियन्त्रणमा लिएर हिरातमा राखेको व्यक्तीले कसरी हात्मा हत्या गरे हामीलाई शंका लागेको मृतकका आफन्त कमल रपालले वताए । ईलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकले वाथरुमा आफुले लगाएको सर्ट च्याती पासो वनाए त्यस पछि भेन्टिलेटरको जाली च्यातेर त्यहाँ भएको डन्डीमा पासो लगाई आत्मा हत्या गरेको प्रारम्भीक अनुसन्धनामा देखीएको प्रहरीले जानकारी दिएको छ ।