स्टल बजार हटाउँदा व्यवसायीको उच्च समझदारी,धैर्यतालाई मेयरले दिए धन्यवाद
कुनै विवाद वा अवरोध नगरी आफ्ना स्टलहरू आफैं खाली गरी सहयोग गर्नुभएको कार्यले जिम्मेवार नागरिकताको उत्कृष्ट उदाहरण प्रस्तुत

सिन्धुली,शुक्रवार स्टल बजार हटाउने क्रममा यहाँका व्यवसायी साथीहरूले देखाउनुभएको उच्च समझदारी, धैर्यता र सहयोगप्रति नगर प्रमुखको हैसियतले नगर प्रमुख उपेन्द्र पोखरेलले हार्दिक धन्यवाद व्यक्त गरेका ।

विशेष गरी, कुनै विवाद वा अवरोध नगरी आफ्ना स्टलहरू आफैं खाली गरी सहयोग गर्नुभएको कार्यले जिम्मेवार नागरिकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। मलाई थाहा छ, ती स्टलहरूसँग यहाँहरूको मेहनत, संघर्ष र परिवारको आशा जोडिएको थियो। त्यसैले आजको यो क्षण यहाँहरूका लागि जति पीडादायी थियो, त्यसको अनुभूति मैले पनि गरेको उनले वताएका छन ।
मेयरले पोखरेलले नगरको सुरक्षा, सुव्यवस्था र दीर्घकालीन लागि यो निर्णय समयको आवश्यकता थियो। नगरको अभिभावकको रूपमा यस निर्णयबाट कसैको मन दुखेको भए म क्षमाप्रार्थी छु उल्लोख गरेका छन ।

आज यहाँहरूले देखाउनुभएको सहयोग र त्यागप्रति म नतमस्तक छु। यही समझदारी र सहकार्यले भोलिको अझ व्यवस्थित, सुरक्षित र सुन्दर कमलामाई निर्माण हुनेछ भन्ने विश्वास लिएको उनले वताएका छन ।