प्रदेश राजनीति

समय अघावै निर्माण सम्पन्न गर्ने व्यवसायी सम्मानित

सम्मान पाउनेहरुमा पुल तर्फ सिर्जना निर्माण सेवाका उद्धव प्रसाद दाहाल सडक निर्माण तर्फ सिन्धुली बिलडर्सका दिल बहादुर बम्जन र बालकोट निर्माण सेवाका भुपेन्द्र पौडेल हुनुहुन्छ

२०८३ बैशाख ९300 views
Share
समय अघावै निर्माण सम्पन्न गर्ने व्यवसायी सम्मानित

सिन्धुली,कमलामाई नगरपालीकाको पिपलभन्ज्यांग देखी रामपुर सडक अन्तर्गत पर्ने २ वाट पुल समय भन्दा अगाडी सम्पन्न गरेको मा पुर्बधार विकास कार्यालय सिन्धुली को आयोजनामा बागमती प्रदेश सरकारका भौतिक पुर्बधार विकास मन्त्रि दिनेसचन्द्र,सांसद गंगा नारायण श्रेष्ठ तथा भौतिक मन्त्रालय का सचिब ले सम्मान तथा पत्र प्रदान गर्नु भएको छ ।

प्रणाम पत्र पाउनेहरुमा पुल तर्फ सिर्जना निर्माण सेवाका उद्धव प्रसाद दाहाल सडक निर्माण तर्फ सिन्धुली बिलडर्सका दिल बहादुर बम्जन र बालकोट निर्माण सेवाका भुपेन्द्र पौडेल हुनुहुन्छ ।

कार्यक्रम को अधक्ष्यता गाउँपालिका अधक्ष्य जगत भोलन संचालक पुर्बधार कार्यालयका प्रमुख सरोज लुइँटेल योजना को जानकारी सहित स्वागत मन्तब्य पुर्बधार कार्यालय प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागीता रहेको थियो ।

वागमती प्रदेशका भौतिक पुर्बधार विकास मन्त्रि प्रदेश सभा सदस्य मात्रिका भट्टराई,गंगा नारायण श्रेष्ठ,पुर्बधार निर्देसक, भौतिक मन्त्रालय सचिबले पुल र सडक उद्घाटन गर्नु भएको थियो ।