सिन्धुली निर्माण व्यवसायी संघको ठहर निर्माण उद्योगमा आपतकाल
मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोप्रति यस निर्माण व्यवसायी संघ सिन्धुली नेपाल सरकार सहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ

सिन्घुली निर्माण व्यवसायी संघले एक विज्ञप्ती निकाल्दै पेट्रोलीयम पदार्थको अत्यधिक मुल्यवुद्धि पछि निर्माण सामाग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा निर्माण उद्योगमा आपतकाल भएको ठहर गरेको छ । निर्माण व्यवसायी संघका सिन्धुलीका अध्यक्ष उद्धव दाहालले विज्ञप्ती मार्फत निर्माण उद्योगमा ’आपतकाल’ भएको ठहर गरेका हुन ।
मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोप्रति यस निर्माण व्यवसायी संघ सिन्धुली नेपाल सरकार सहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
इन्धनजन्य सामाग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी लगायतका निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ । यस बाहेक देशका विभिन्न ठाउँमा क्रसर उद्योगमा देखिएको समस्याले निर्माण उद्योग थप आक्रान्त भएको जनाएको छ ।
निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय महासंघले बारम्बार नेपाल सरकार लगायतका निकायहरूमा पत्राचार गरेतापनि समस्या समाधान हुने गरी अहिले सम्म केही कार्यान्वयन नभएको व्यहोरा अवगत गराउँदछौं । ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको अतः निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेका अत्याधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा ’आपतकाल’ घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन यस संघ जोडदार माग गरेको छ ।
साथै प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका – २ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित साना ठुला सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त सम्बोधन गर्न यस निर्माण व्यवसायी संघ सिन्धुली सरकार समक्ष अपील गर्दछौ अध्यक्ष दाहालद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

