राजनीति

नेकपाको महिला संगठन संयोजकमा दामा शर्मा

भेलाले मुनु सिग्देल, कमला विक र सावित्री पोखरेललाई सहसंयोजक चयन गरेको छ

२०८३ जेठ १६241 views
Share
नेकपाको महिला संगठन संयोजकमा दामा शर्मा

काठमाडौं,अखिल नेपाल महिला संगठनको संयोजकमा दामा शर्मा चयन हुनुभएको छ । आज काठमाडौंमा सम्पन्न संगठनको राष्ट्रिय एकता भेलाले शर्मालाई संयोजक चयन गरेको हो ।

भेलाले मुनु सिग्देल, कमला विक र सावित्री पोखरेललाई सहसंयोजक चयन गरेको छ । संगठनको केन्द्रीय समितिमा ५८५ जना छन् । भेलाले एकतामा सामेल घटक संगठनका पदाधिकारी सम्मिलित सचिवालय निर्माण गरेको छ ।

अखिल नेपाल महिला संगठन नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन हो ।

अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० र अखिल नेपाल महिला संघ ९समाजवादी० लगायतका संगठनको एकतापछि अखिल नेपाल महिला संगठन बनेको हो ।

संगठनको भेलालाई नेकपाका सहसंयोजक माधवकुमार नेपाल, संगठन विभाग प्रमुख वर्षमान पुन ुअनन्तु, जनवर्गीय संगठन इन्चार्ज राजेन्द्र पाण्डे, नेतृ जयपुरी घर्ती लगायतले सम्बोधन गर्नु भएको थियो ।