राजनीति

माओवादी विशेष अभियान पुरा गर्न सिन्धुली नेतृत्व असफल

सिन्धुली – नेकपा माओवादी केन्द्रले संचालन गरेको ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी विशेष अभियान’ पुर्णरुपले सम्पन्न गर्न अभियानको नेतृत्व असफल भएको

२०८० पुष १८11 views
माओवादी विशेष अभियान पुरा गर्न सिन्धुली नेतृत्व असफल

सिन्धुली – नेकपा माओवादी केन्द्रले संचालन गरेको ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी विशेष अभियान’ पुर्णरुपले सम्पन्न गर्न अभियानको नेतृत्व असफल भएको छ ।

भदौ १७ गते देखी सुरुभएको घर घरमा माओवादी, जन–जनमा माओवादीले देशैभर विशेष रुपान्तरण अभियान संचालन गरेको थियो । अभियानको मख्य उदेश्य नयाँ सदस्यता विस्तार, संगठन सुदृणिकरण, जनतासँग जन–सम्पर्क लक्षित कार्यक्रम संचालन गर्ने, सवै स्थानिय तहको वडा सम्मेलन गर्नु पर्ने रहेको थियो ।

तिनपाटन गाँउपालीकाको ११ वटै वडामा अभियान सम्पन्न भएको गाँउपालिकाका उपाध्यक्ष अशोक पुलामीले जानकारी दिए । पार्टीले दिएको अन्तिम डेटलाईन पुस ९ गते थियो । त्यो निर्धारित समयमा नै आफुहरुले अभियान सम्पन गरेको पुलामीले वताए । पुस १० गते पालीकास्तरमा समिक्षा वैठक तथा ११ र १२ गते जिल्ला समन्वय कमिटीको समिक्षा वैठक गर्नु पर्ने निर्देशन पार्टीको थियो उनले भने ।

जिल्लाको नौं स्थानिय तहको ७९ वडामा पुस ९ गते अगावै वडा सम्मेलन सम्पन्न गरि सक्नु पर्नेमा सदरमुकाममा रहेको कमलामाई नगरपालीकाको कतिपय वडामा भेला र सम्मेलन नगरि अभियान समापन भएको छ ।

दुधौली नगरपालीका १४, तिनपाटन गाँउपालीका ११, फिक्कल गाँउपालीका ६, गोलन्जोर गाँउपालीका ७, सुनकोशी गाँउपालीका ७, घ्याङलेख गाँउपालीका ५, मरिण गाँउपालीका ७ का साथै हरिहरपुगढी गाँउपालीकाको ८ वटा वडामा भेला, सम्मेलन र नयाँ नेतृत्व चयन गरिएको छ ।

Advertisement

test
माओवादी केन्द्रसिन्धुली