कृषि क्याम्पस मरिणको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतद्धारा अनुगमन
उक्त भवन मरिण गाउँपालिकाको महत्वपूर्ण शैक्षिक पूर्वाधार तथा गहनाका रूपमा निर्माण भइरहेको हुँदा समयमै गुणस्तरीय रूपमा सम्पन्न गरिनु आवश्यक रहेको छ
२०८२ चैत्र २६668 views
Share

सिन्धुली,मरिण गाउँपालिकास्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेज मरिणको निर्माणाधीन नयाँ भवनको प्रगति अवस्था सम्बन्धमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अनुगमन गर्नु भएको छ ।
निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै गाउँपालिका अध्यक्ष श्री विमर्श मुक्तान र प्रमुख प्रशासकीय अधिकृत श्री महेश श्रेष्ठले स्थलगत निरीक्षण गर्नुका साथै निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न कडा निर्देशन समेत दिनुभएको छ।
उक्त भवन मरिण गाउँपालिकाको महत्वपूर्ण शैक्षिक पूर्वाधार तथा गहनाका रूपमा निर्माण भइरहेको हुँदा समयमै गुणस्तरीय रूपमा सम्पन्न गरिनु आवश्यक रहेको छ ।