विद्यार्थी जीवन

कमलामाई नगरपालीकाले हस्तान्तरण गर्यो विद्यालयलाई भ्यान

दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरूको विद्यालयसम्म पहुँचलाई सहज बनाउन कमलामाई नगरपालीका ८ को कमला माबि करकरेलाई स्कुल भ्यान दिएको छ

२०८३ जेठ २७292 views
Share
कमलामाई नगरपालीकाले हस्तान्तरण गर्यो विद्यालयलाई भ्यान

सिन्धुली,कमलामाई नगरपालिकाले दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरूको विद्यालयसम्म पहुँचलाई सहज बनाउन कमलामाई नगरपालीका ८ मा रहेको कमला माबि करकरेलाई स्कुल भ्यान दिएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको उक्त भ्यान एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण भएको छ । कार्यक्रममा नगर प्रमुख, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

भ्यान हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । दुर्गम बस्तीका विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा हुने कठिनाइ कम गर्न भ्यान सहयोग गरिएको उहाँले जताउनुभयो ।

विद्यालयले नगरपालिकाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भ्यान सञ्चालनपछि विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि हुने विश्वास व्यक्त गरेको छ । नगरपालिका अनुसार उक्त भ्यान विशेषगरी टाढा तथा यातायात सुविधा कम भएका क्षेत्रका विद्यार्थीहरूलाई विद्यालयसम्म सुरक्षित ल्याउन–ल्यैजान प्रयोग गरिनेछ ।