पर्यटन

बोधि श्रवण धर्म संघले हेटौँडामा मैत्रीय पूजा गर्ने

२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रमले विश्वशान्ति र मैत्री भावपूर्ण विश्व निर्माण र मैत्री शान्तिको सन्देश प्रवाह गर्ने संघले जनाएको छ

२०८२ चैत्र २०256 views
Share
बोधि श्रवण धर्म संघले हेटौँडामा मैत्रीय पूजा गर्ने

हेटौडा,बोधि श्रवण धर्म संघ नेपालले यही चैत्र २६ गतेदेखि ३० गतेसम्म मानवलगायत सम्पूर्ण जगतको उद्धार गर्न “विश्वशाान्ति महा मै मैत्री बोधि मार्ग दर्शनरमैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम” हेटौँडाको लोकतान्त्रिक चौरमा गर्ने भएको छ ।

२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रमले विश्वशान्ति र मैत्री भावपूर्ण विश्व निर्माण र मैत्री

शान्तिको सन्देश प्रवाह गर्ने संघले जनाएको छ ।

अहिले मानव अन्तरमन तीब्र गतिमा भौतिक र आध्यात्म बीचको द्वन्द्वको चक्रमा अल्झिएको भन्दै संघले असहिष्णुता, हिंसा र बिभाजनतर्फ बढ्दै गइरहेको मानव समाजलाई मैत्री भावपूर्ण शान्ति, सत्य र शुद्धता स्थापित गर्न अनुष्ठानको आयोजना गरिएको उल्लेख गरेको छ ।

Advertisement

dengi

शान्ति, दया, माया, करुणा, मित्रता, मैत्रीयता, सह(अस्तित्व, सह(जीवन, सहकार्य जस्ता मानवताबादी भावना अभिबृद्धि गर्न सहयोग पुग्ने भन्दै संघले सो अनुष्ठानमा सहभागी हुन सबैलाई आह्वान पनि गरेको छ।।

Advertisement

hariharpurgadi